काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अङ्कको गिरावट आएको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा परिसूचक १७ अङ्कको गिरावटसँगै बन्द भएको हो ।
यो साता आइतबार, सोमबार र मङ्गलवार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अङ्कले ऋणात्मक भएर बन्द भएको हो । गत साताको बिहीबार नेप्से परिसूचक २०८४ अङ्कमा थियो । आइतबार र सोमबार समान १०/१० अङ्कले बढेको नेप्से सूचक मङ्गलवार १४ अङ्कले बढेको थियो । तर, बुधवार २१ र बिहीबार ३० अङ्कले घटेर यो साता परिसूचक २०६७ अङ्कमा आइपुगेको हो ।
५ दिन कारोबार भएको नेप्सेमा यो साता २६ अर्ब रुपैयाँको कारोबार भएको छ । गत साता २३ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो । यो साताको तुलनामा गत साता २ अर्ब ६ करोड कम कारोबार भएको थियो ।
परिसूचक घटेसँगै नेप्से पुँजीकरण समेत घटेको छ । यो साता नेप्सेको कूल बजार पुँजीकरण २४ अर्बले घटेको हो । यससँगै, नेप्से पुँजीकरण ३२ खर्ब ७३ अर्ब रुपैयाँबाट ३२ खर्ब ४८ अर्ब रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार