साताको सेयर बजार : परिसूचक घट्यो, कारोबार रकम बढ्यो

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १२ : ३९
साताको सेयर बजार : परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अङ्कको गिरावट आएको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा परिसूचक १७ अङ्कको गिरावटसँगै बन्द भएको हो ।

यो साता आइतबार, सोमबार र मङ्गलवार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अङ्कले ऋणात्मक भएर बन्द भएको हो । गत साताको बिहीबार नेप्से परिसूचक २०८४ अङ्कमा थियो । आइतबार र सोमबार समान १०/१० अङ्कले बढेको नेप्से सूचक मङ्गलवार १४ अङ्कले बढेको थियो । तर, बुधवार २१ र बिहीबार ३० अङ्कले घटेर यो साता परिसूचक २०६७ अङ्कमा आइपुगेको हो ।

५ दिन कारोबार भएको नेप्सेमा यो साता २६ अर्ब रुपैयाँको कारोबार भएको छ । गत साता २३ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो । यो साताको तुलनामा गत साता २ अर्ब ६ करोड कम कारोबार भएको थियो ।

परिसूचक घटेसँगै नेप्से पुँजीकरण समेत घटेको छ । यो साता नेप्सेको कूल बजार पुँजीकरण २४ अर्बले घटेको हो । यससँगै, नेप्से पुँजीकरण ३२ खर्ब ७३ अर्ब रुपैयाँबाट ३२ खर्ब ४८ अर्ब रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस