काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको भेटवार्ता शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयकका बारेमा कुराकानी भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले टीआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्याउनेबारे छलफल भएको बताए ।‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा कुराकानी भयो ।
खासगरी अहिले यसबारेको विधेयकमा समितिमा छलफल भइरहेको छ । त्यसलाई अलि राम्ररी मिलाएर छिटै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भयो’, प्रचण्डसँगको छलफलपछि अध्यक्ष ओलीले भने ।अध्यक्ष ओलीका अनुसार एमालेले एमालेले लिएको अडान कायमै रहेको छ ।
‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’ सरकारले संसद्को हिउँदे अधिवेशनमार्फत कानुन बनाएर शान्ति प्रक्रियालाई पूर्णता दिने तयारी गरेको छ ।
तर एमालेले भने पीडित मैत्री कानुन बनाउनुपर्ने भन्दै विधेयकका केही बुँदामा असहमति राख्दै आएको छ । सरकार सकभर उक्त विधेयक सहमतिमै अघि बढाउने र नभए प्रक्रियाबाट टुङ्ग्याउने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति