काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले दोलखाको जिरीमा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जिरीस्थित सामाजिक सेवा केन्द्रको सभाहलमा आज बिहान १० बजेदेखि प्रशिक्षण कार्यक्रम सुरु हुने छ ।
शेर्पालुङ राष्ट्रिय समन्वय समितिको आयोजनामा गर्न लागिएको दुईदिवसीय प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठलगायतले प्रशिक्षण दिने भएका छन् ।
यस अवसरमा शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन हुने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै