काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यूइएसटीसी) बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र यूईएसटीसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे। त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र यूईएसटीसीका प्राध्यापक हाङ्होङ साक्षी रहे। सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनिभूत सहकार्य हुने विश्वास व्यक्त गरे।
यूइएसटीसीकाका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउँदै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताए। सम्झौताका लागि पहलकर्ता प्रा खनालको दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीनरूपमा सहकार्य गर्न समझदारी भएको बताउँदै पारस्परिक समानता र लाभको पारस्परिकताका सिद्धान्तमा आधारित आपसीहित र शैक्षिक सहयोग सक्षम पार्न सम्झौता उपयोगी हुने जनाए।
सम्झौतासँगै विद्वान, अनुसन्धानकर्ता र शिक्षण कर्मचारीको आदानप्रदान हुनेछ भने विद्यार्थीकोसमेत आदानप्रदान हुनेछ। संयुक्तरूपमा कार्यशाला र सङ्गोष्ठीको आयोजना हुनेछ। यो सम्झौतामा पाँच वर्षका लागि हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले