काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका समुदायको भएको बताएका छन् ।बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्वर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औंल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
उनले देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखि कै सोच रहँदै आएको बताउँदै उनले अहिले विश्व विद्यालयलाई राजनीतिक भागबन्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा रहेको बताए ।
प्रचण्डले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताए ।आम नागरिकलाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।
छलफलमा डा. केदारभक्त माथेमा, डा. पिताम्वर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहितका बौद्धिकहरूले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागबन्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरूको पुनर्संरचना गर्ने गरी सुधार थाल्न आग्रह गरे ।उनीहरूले प्रधानमन्त्रीसमक्ष विभिन्न विषयमा सुझाव प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा भूमिहीन दलित सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण
प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन
प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई
सरकार, युवा र महिला उद्यमी मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण