काठमाडौ । त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गरेका छन् ।
त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई संयोजक रहेको छनोट कमिटिले त्रिविको २०औं उपकुलपति छनोट प्रक्रिया शुरू गरेकै बेला उपकुलपतिले निमित्त शिक्षाध्यक्ष प्रा. भार्गब धिताल र निमित्त रजिस्ट्रार डा. कृष्णप्रसाद बस्याललाई साथ लिएर धमाधम कर्मचारी सरुवा गर्न शुरू गरेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
कातिक १७ गते नियुक्त भएका उपकुलपति प्राडा भुसालको ३ महिने कार्यकाल यही माघ १७ गतेबाट सकिँदै छ।
कार्यकाल सकिन एक सातामात्र बाँकी रहँदा त्रिविलाई दूरगामी असर पुग्ने विषयमा ध्यान नै नदिई धमाधम सरुवा गर्न शुरू गरेको त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० माघ २०८०, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले