एजेन्सी । भारतले पहिलो टी-२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।
१५९ रनको मध्यम विजयी लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका शिवम दुबे ६० र रिंकु सिंह १६ रनमा नट आउट रहे ।
यस्तै, शुभमन गिलले २३ र तिलक बर्माले २६ रन बनाए । जितेश शर्मा ३१ रनमा आउट भए ।
अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । आजमतुल्लाह ओमरजाईले २९ रन बनाए ।
भारतका अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले १ विकेट लिए । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २७ पुस २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति