काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठिक नभएसम्म कम्युनिस्टहरू मिल्ने भनेर नहुने तर्क गरे ।
उनले भने, ‘ओली राष्ट्रिय सभाको चुनावको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ गएर हामीलाई ६ सीट दिनुस्, काँग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिस्टहरू मिलुन् मात्रै भनेर हुँदैन ।’
विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए । ओलीले ‘प्रचण्ड’माथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान