काठमाडौ । त्रिभुवन विश्व विद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ ।
त्रिविले त्यसका लागि शुक्रबारदेखि आवेदन फाराम खुला गरेको छ । ‘शिक्षाशास्त्र संकायमा एक वर्षे बीएड कार्यक्रमको विकल्पमा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित तीन सेमेस्टरको अधिस्नातक तह कार्यक्रमको शैक्षिक सत्र २०८०–०८१ का लागि प्रथम सेमेस्टरमा भर्नाका लागि नयाँ कक्षा कार्यक्रम सञ्चालन गरिएको सबैलाई सूचित गरिन्छ’, त्रिविको शिक्षाशास्त्र संकायले जारी गरेको सूचनामा उल्लेख छ ।
जसअनुसार आवेदन फाराम बुझाउने मिति माघ ११ सम्म तोकिएको छ भने प्रवेश परीक्षा माघ १४ गते, नतिजा प्रकाशन माघ १७ गते र विद्यार्थी भर्ना माघ १७ देखि २० सम्म गरेर माघ २१ देखि कक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग