काठमाडौ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानब सेवा आश्रमको भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौँडा आउँदै छन्।
हेटौँडामा निर्माण भएको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकारशरण महत पनि हेटौँडा आउन लागेका आश्रमले जनाएको छ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी, आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगी पनि कार्यक्रममा आउने तय भएको आश्रमले जनाएको छ।
सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाको आफ्नै भवन अपरिहार्य भएको निष्कर्षसहित २०७१ माघ ३ गते हेटौँडा ९ लामसुरेधापमा संस्थाको भवननिर्माण कार्यको सुभारम्भ गरिएको थियो।
भवन निर्माणमा हजारौँ मनकारीले सहयोग गरेका छन्। आश्रममा महिला, पुरुष, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई छुट्टाछुट्टै राख्नेगरी भवन निर्माण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी