काठमाडौँ । हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमेर शमशेर ज.ब. रा.लाई पदबाट हटाइएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले उनलाई सोही दिनदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राणामाथि अनुसन्धान गरिरहेका छन् ।
राणामाथि वित्तीय कारोबार, लगानी व्यवस्थापन तथा सम्भावित शंकास्पद आर्थिक गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, १९ : ५१
लेखकबाट थप