काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोर बिहिबार नयाँ दिल्लीबाट काठमाडौं आएका थिए । शुक्रबार बिहानै सगरमाथा आधारशिबिर अवलोकन भ्रमण गरेर फर्केपछि उनले सरकारका दुई मन्त्रीहरु परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।
त्यसपछि उनले प्रधानमन्त्रीसँग भेट्न पनि निक्कै कोसिस गरे । तर, प्रधानमन्त्रीका तर्फबाट मन्त्रीहरुसँग सम्वाद गर्नु भन्ने सन्देश आएपछि उनको प्रधानमन्त्रीसँग भेट गर्ने प्रयास सफल हुन सकेन । प्रधानमन्त्री बालेनले राजदूतहरुलाई भेट नगर्ने अडान लिएका कारण गोरको भेट पनि सम्भव भएन । उनले प्रधानमन्त्री भेटन नपाएपछि अहिले बिहान रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका हुन् ।
लामिछानेलाई भेट गर्न ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोर लामिछानेकै निवास बुढानिलकण्ठस्थित इटालीटार पुगेका थिए । उनीहरुका बीचमा आधा घण्टा छलफल भएको थियो । गोर लामिछाने भेट्न बिहान ८ः ४० मा लामिछानेको निवास पुगेका थिए । त्यहाँबाट उनी अहिले बाहिरिसकेका छन् ।
उनले रास्वपा र केही मन्त्री भेटघाट गरेपनि अन्य राजनीतिक दलका नेताहरुसँग भने भेट्न चाहेनन् । यस अगाडी नेपालको तीन दिने भ्रमणमा आएका सहायक मन्त्री कपुरले पनि नेपाल सरकारका मन्त्री र रास्वपा सभापतिसँग भेट गरेका थिए । उनले पनि नेपालका अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिएनन ।
सर्जियो गोर पहिलो पटक नेपाल आएका हुन् । गत फागुन २१ को निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाई सिट सहित निर्वाचन जितेपछि गोरले रास्वपा सभापतिलाई दिल्लीबाटै टेलिफोन गरी बधाई दिएका थिए ।
आज उनले लामिछानेसँग पहिलो पटक प्रत्यक्ष संवाद गरेका हुन् । उनी आजै मध्यरात ११ बजे दिल्ली फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ बैशाख २०८३, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै
औपचारिक कागजात तथा पहिचानसम्बन्धी सामग्रीमा एकरूपता कायम गर्न रवि लामिछानेको निर्देशन
रवि लामिछानेलाई सुकुम्वासी मोर्चाको ४ बुँदे मागपत्र
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्छः रवि लामिछाने