काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच साझा दृष्टिकोण र समन्वयपूर्ण कार्यशैली स्थापित हुन सके मुलुकले छोटो अवधिमै उल्लेखनीय विकास हासिल गर्न सक्ने बताएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय विकासलाई तीव्र बनाउन राज्यका तीनै अंगले एउटै लक्ष्य र भावना (स्पिरिट) सहित काम गर्नुपर्ने आवश्यकता औँल्याए।
अर्यालका अनुसार शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारजस्ता आधारभूत क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रणनीतिका आधारमा अघि बढाउनुपर्नेमा जोड दिन आवश्यक छ।
उनले सरकार र संसदबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै कानुन निर्माण प्रक्रिया कार्यपालिकाको गति अनुरूप अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
सभामुख अर्यालले आफ्नो कार्यकाललाई मुख्यत: विधेयक निर्माण र त्यसको कार्यान्वयनमा कार्यपालिकालाई आवश्यक दिशानिर्देश दिने भूमिकामा केन्द्रित गर्ने उल्लेख गरे।
उनका अनुसार आगामी पाँच वर्षलाई देश र नागरिकको हितलाई प्राथमिकतामा राख्दै विकासमुखी मार्गमा अघि बढाउनुपर्ने आवश्यकता छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० बैशाख २०८३, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख अर्याल र संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीबीच भेटवार्ता
सभामुख अर्यालसँग बंगलादेशका राजदूत रहमानको भेट
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट
‘कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छ’ : सभामुख अर्याल
सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ: सभामुख अर्याल
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह