चितवन । सामुदायिक सेवा केन्द्र नारायणगढको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. ०३ स्थित नारायणी कला केन्द्रको सभाहलमा ‘नेपाल प्रहरी सांस्कृतिक साँझ’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यबाहक प्रमुख चित्रसेन अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा लगायतको उपस्थिति रहेको थियो।
यसैगरी, कार्यक्रममा प्रहरी उपरीक्षकहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सिनियर प्रहरी अधिकृतहरू, नागरिक समाजका अगुवाहरू, स्थानीय बासिन्दा, युवा, सञ्चारकर्मी, समाजसेवी, कलाकार, पूर्व प्रहरी कर्मचारी, विद्यार्थी तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० बैशाख २०८३, ०० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि बिहानदेखि प्रहरी कर्मचारीलाई अनिवार्य स्ट्याण्डबाई निर्देशन
काठमाडौँ प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल