काठमाडौ । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड भेट्न वरिष्ठ निर्देशक रियर लाउबाचर प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।
भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट बुधबार बिहान काठमाडौँ आइपुगेकी थिइन्।
यसअघि बुधबार उनले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की