काठमाडौ । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड भेट्न वरिष्ठ निर्देशक रियर लाउबाचर प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।
भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट बुधबार बिहान काठमाडौँ आइपुगेकी थिइन्।
यसअघि बुधबार उनले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग