काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ ।
रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आजदेखि सुरु हुन लागेको तीनदिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राजकिशोर यादव, विज्ञ परिषद्का प्रमुख डा. पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथुलगायतले प्रशिक्षण दिने तय भएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रनिनिधि गरी १२५ जना प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा