काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सन्देश सभा कार्यक्रममा अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धन सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रता कमजोर भएको र सीमा रक्षामा पनि चुकेको बताए ।
उनले देश चालू आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजदरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काढेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गरे ।‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ’, अध्यक्ष ओलीले भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’
यो हामीलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने हो तर सरकारमा सहभागी दल कानमा तेल हालेर बसेको छ । सत्तागठबन्धन दलहरूले देशमा विभाजन र विखण्डनको बिउ रोपेको अध्यक्ष ओलीको आरोप छ ।
‘अहिले कृषिका उर्वर भूमिहरू उजाड हुँदै गएका छन् । दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरू छन् । भू-परिवेष्टित देशहरू छ । उजाड भूगोल भएका देशहरू छन् तर विकास र समृद्धिका हिसाबले निकै राम्रो फड्को मार्दै गएका छन्’, अध्यक्ष ओलीले भने, ‘पहाडको स्थिति के कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरू, हामी बनाएका पुलपुलेसा, कृषिको आधुनिकीकरण, हामीले अघि बढाएका विकास काम कस्ता रहेछन् ? भन्ने स्थलगत अनुगमन र नयाँ कामका सम्भावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान शुरु गरेको छौँ ।’
सुर्खेतमा आयोजित सन्देश सभालाई संशोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्तित्व रक्षा र समृद्धिका लागि, भ्रष्टाचार र घुषखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'
मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन: ओली
‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’: केपी ओली
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू