काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।
बुधबार बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैले जानकारी दिए ।
यसअघि एक जना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने