काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले संकटको अवस्थामा रहेको बताएका बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको आरोप लगाए ।
उनले भने- हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । देशको लागि खतरनाक कुरा यही छ ।
उनले आफूहरू छिमेकी देशसँग सुमधुर सम्बन्ध चाहेको बताए ।
उनले भने- तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली