काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले संकटको अवस्थामा रहेको बताएका बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको आरोप लगाए ।
उनले भने- हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । देशको लागि खतरनाक कुरा यही छ ।
उनले आफूहरू छिमेकी देशसँग सुमधुर सम्बन्ध चाहेको बताए ।
उनले भने- तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी