बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र देउवाबीच छलफल

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १९ : ५८
बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र देउवाबीच छलफल

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियालगायत विषयमा संवाद भइरहेको छ।

शान्ति प्रक्रिया सुरु भएको आज १७ वर्ष पूरा भएको र शान्ति प्रक्रिया लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्न तीन नेताको भेट भएको प्रधानमन्त्री ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।