काठमाडौँ । कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र’ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।
तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न तयार गरिएको छ । कुलिङ अफ पिरियडमा तपाईँको धारणा के छ ?, यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ? भनेर प्रश्न सोध्ने तयारी गरिएको बताइएको छ ।
यी दुई प्रश्न सोध्ने र जे जवाफ दिन्छन् त्यो रेकर्ड गरेर प्रतिवेदनमा समावेश गर्ने तयारी समितिको छ ।यसो गर्दा गर्दा शीर्ष नेताले कुलिङ पिरियडबारे जे धारणा दिन्छन् त्यसले राष्ट्रिय सभालाई समेत सघाउने छानबिन समितिको विश्वास छ ।
प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा विचाराधीन छ । पारित भएको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निष्क्रिय हुने प्रावधान रहेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएर छलफल गरिरहेको छ ।
राष्ट्रिय सभाले पनि विधेयक अगाडि बढाएको छ । राष्ट्रिय सभामा कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर समेत संशोधन परेका छन् । यस्तो संशोधन सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसदहरूबाट परेको छ ।
यो अवस्थामा संसदीय छानबिन विशेष समितिले शीर्ष तीन नेतासँग छलफल गर्न लागेको हो । गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियड संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु
कुलिङ पिरियड संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
कुलिङ पिरियडको विपक्षमा उच्च पदस्थ कर्मचारीहरू