काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोनमार्फत संवाद भएको छ।
‘प्रचण्ड’ निकट स्रोतका अनुसार हालसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग भने ‘प्रचण्ड’को कुनै भेटघाट वा औपचारिक कुराकानी भएको छैन।
'प्रचण्ड’का पूर्व स्वकीय सचिव रहिसकेका आचार्यले दिएको जानकारीअनुसार निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि ‘प्रचण्ड’ र लामिछानेबीच मोबाइल फोनमार्फत संवाद भएको हो।
उक्त संवादका क्रममा दुवैले एक अर्कालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई आदान-प्रदान गरेका थिए। यस बाहेक उनीहरूबीच अन्य विषयमा के-कस्तो छलफल भयो भन्नेबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ फागुन २०८२, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'