काठमाडौं । मुस्ताङमा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो ।
सोमबार नेपाली समयअनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो । नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थलगायतलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । सो अवसरमा हर्ष बडाईं पनि गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र पास भएका केही स्थानीयहरु आज तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर त्यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी भएको लोमान्थाङ गाउँपालिकाका सूचना अधिकारी बिकास केसीले बताए ।
‘मुस्ताङमा रहेको नेपाल चीन कोरला नाका आजबाट औपचारिक रुपमा दोहोरो सञ्चालनमा आएको छ,’ केसीले भने, ‘यस अघि वर्षमा २ पटक पटके व्यवसायका लागि खुल्ने नाका अब १२ महिना नै खुल्ने गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ पक्षले बताएका छन् ।’
उनका अनुसार अहिले चिनियाँ नाकामा आयोजना भइरहेको चियापान कार्यक्रममा नेपाली जनप्रतिनिधिहरु सहभागी भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की मुस्ताङ भ्रमणमा
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द