कालीकोट। कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो ।
कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।
सडक फराकिलो गरिरहेकाबेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ छ ।‘माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी/सङ्केत नै भएन । एक्कासि चट्टान खसेपछि भाग्नसक्ने अवस्था भएन’, थापाले भने, ‘चालकको घटनास्थलमा मृत्यु भएको छ ।’
पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रवार बेलुकाको भए पनि १८ घण्टापछि आज बिहानमात्रै उनको शव निकालिएको प्रहरीले जनाएको छ ।
‘हिजो रात परेकाले अरू पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन’, थापाले भने, ‘बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।’ पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते