भीरबाट लडेर दुई जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १८ जेठ २०८३, ०९ : ००
भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा  बाजुराको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।

यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी ६ वर्षीया जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको छ ।

प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस