कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार आइतबार राति काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेश, बहराइच जिल्लाका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमार रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो ।
उपचारका क्रममा अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ वर्षीय घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु