एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण उच्च तहमा पुगेको छ । उत्तर भारतमा पराल जलाउँदा दिल्लीमा प्रदूषण उच्च भएको हो ।
पछिल्लो सात दिनमा दिल्लीको वायु जहरिलो बनेको छ । सोमबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ५०० को करीब पुगेको छ ।
भारतको केन्द्र सरकारले वायु प्रदूषण नियन्त्रण योजना लागू गरेको छ । दिल्लीमा प्रदूषण फैलाउने ट्रकलाई प्रवेश निषेध गरिएको छ ।
वायु प्रदूषणका कारण नयाँदिल्लीमा थप एक साता स्कुल बन्द हुने भएका छन् । महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि अधिकारीहरूले स्कुल बन्दको अवधि बढाएका हुन् ।
नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ/हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा