च्याम्पियन्स लिग : सिटी, पीएसजी र बार्सिलोना विजयी

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, ०७ : ४५
च्याम्पियन्स लिग : सिटी, पीएसजी र बार्सिलोना विजयी

काठमाडौं ।  च्याम्पियन्स लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले योङ बोइजलाई ३ -१ को शानदार जित निकालेको छ। 

योङ बोइजको मैदान वाङ्कडोर्फ स्टेडियममा भएको खेलमा सिटी उसकै मैदानमा हरायो। सिटीको जितमा आकान्जी, हालान्ड र पेनले गोल गरे बोइजका इलाले एक गोल फर्काए। जीत पछि सिटी ९ अंकका साथ समूह जीको शीर्ष स्थानमा छ। यही समूहको अर्को खेलमा आरबी लाइपजिगसँग  रेडस्टार बेलग्रेड ३-१ ले पराजित भयो। 

शनिबार नै भएको समूह एफको खेलमा पीएसजीले एसी मिलानलाई ३-० ले हरायो। पीएसजीको जितमा एमबाप्पे,कोलो मुनी र लि काङले गोल गरे जीत सँगै पीएसजी ६ अंकका साथ समूह तालिकाको शीर्ष स्थानमा छ। गएराति यही समूहको अर्को खेलमा बुर्नोसिया डटमन्डले न्यूक्यासललाई १-० ले हरायो। 

यस्तै समूह एचको खेलमा बार्सिलोनाले शक्तर डोनत्स्कलाई २-१ गोलले हरायो। जितसँगै बार्सा समूह एचमा अपराजित छ। गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टिकसँग २-२ को बराबरीमा रोकियो। एफसी पोर्टोले रोयल एन्टवार्पलाई ४-१ ले हरायो। 

प्रतिक्रिया दिनुहोस