च्याम्पियन्स लिग : ब्रागालाई २-१ ले हराउँदै रियल मड्रिड विजयी

सफल खबर संवाददाता

बुधबार, ०८ कार्तिक २०८०, ०७ : ४४
च्याम्पियन्स लिग : ब्रागालाई २-१ ले हराउँदै रियल मड्रिड विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत रियल मड्रिडले स्पोर्टिङ ब्रागालाई हराएको छ । गएराति सम्पन्न खेलमा रियलले ब्रागालाई२–१ गोल अन्तरले हराएको हो । 

रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । 

क्ष६३ औँ मिनेटमा ब्रागाका अल्भारो जालोले गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा रियल विजयी बन्यो । समूह सीमा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस