दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए । “सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो”, महासचिव पोखरेलले भने ।
उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।
उनका अनुसार यसलगत्तै विज्ञान विषय पनि पढाउने गरी तयारी गरिएको छ । त्यस्तै विद्यालयमा पाँचवटा प्राविधिक धारका कक्षा पनि सञ्चालन भइरहेका छन् । हाल दुई हजार पाँच सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन् । प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यामबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए । रु एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यससँगै विद्यालयमा सातवटा भवन रहेका छन् । जहाँ ८० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपालाई एमालेले भन्यो-‘माओवादीसँगको सहमतिअनुसार सदन चल्छ, दलैपिच्छे सम्झौता गर्दैनौँ’
रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : एमाले
संसद् खुलाउन एमाले र माओवादी केन्द्रबीच दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर
संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी
विपक्षीमाथि संगठित आक्रमण गर्न एमाले निकट पत्रकारको निर्णय : देशभर ‘सोशल मिडिया टास्क फोर्स’ निर्माण गर्ने
एमाले संसदीय दलको बैठक आज बस्दै