काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मध्यपूर्वबाट प्रतिनिधित्व गर्दै अध्यक्षको मैदानमा खडा भएका वर्तमान उपाध्यक्ष आरके शर्माको पक्षमा माहोल बढ्दै गएको छ ।
२० वर्षे एनआरएनएको इतिहासमा मध्यपूर्वले पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको भन्दै एनआरएनए अभियन्ताहरु उत्साहित छन् । विशेषगरी मध्यपूर्वका मतदाताहरु पार्टी र विचार भन्दा माथि उठेर आरकेको समर्थनमा खुलेर लागेको छ । कांग्रेस निकट भनिएका उम्मेदवारहरु नै उनको पक्षमा खुलेर लागेपछि शर्माको पक्षमा थप माहोल बढेको बताइएको छ । उपाध्यक्षका उम्मेदवार राज रेग्मी, उपमहासचिवका उम्मेदार प्रवीन गुरुङ, सचिवका उम्मदवार मनोज गोर्खालीलगायत कांग्रेसका कट्टर समर्थकहरु मानिन्छन् ।
उनीहरु नै आरकेको टीममा खुलेपछि माहोल त बनेको छ त्यसमाथि आरकेले आफूले विश्वभरका एनआरएनएलाई एकजुट बनाएर लैजाने सशक्त एजेण्डा अघि सारेपछि युरोप र अमेरिका क्षेत्रमा पनि माहोल ह्वात्तै बढेको छ ।
एनआरएनएमा मुख्यतः तीन उम्मेदवारबीच कडा प्रतिस्र्धा हुने ठानिएको छ । जसमा आरकेसहित बद्री केसी र महेश एनआरएनएमा मुख्यतः तीन उम्मेदवारबीच कडा प्रतिस्र्धा हुने ठानिएको छ । जसमा आरकेसहित बद्री केसी र महेश श्रेष्ठ मुख्य उम्मेदवार रहेका छन् ।
कम्युनिस्ट पृष्ठभूमिका आरकेलाई कांग्रेससहित एमालेकै केही अभियन्ताले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् । एमाले निकट उम्मेदवार बद्री केसीको टीममा असन्तुष्ट रहेका तथा बद्री सत्तालिप्सातर्फ उन्मुख भएको भन्दै केही प्रभावशाली अभियन्ताहरुले भित्रभित्रै आरकेलाई सहयोग गरिरहेको बताइएको छ । जसका कारण बद्री टीममै कमजोर भएको बताइन्छ। भोट कम आउने भएपछि यतिबेला बद्री समूह रणनीति तयारीमा जुटेको बताइएको छ ।
रणनीतिक तयारीमा भोटरलाई भेट्नेदेखि आफ्नो पक्षमा माहोल बनाउन साम, दाम, दण्ड, भेदको नीतिसम्म भएपनि उनलाई प्रतिनिधिहरुले नै विश्वास नगरेर निरन्तर आरकेलाई समर्थन गरिरहेको बताइएको छ ।
यता कांग्रेसमा पनि गगन थापा समूहको आर्शिवादमा उम्मेदवार बनेका वर्तमान उपाध्यक्ष महेश श्रेष्ठको प्रभावकारी चुनावी रणनीति देखिँदैन । उनले टीममा समेत सशक्त पात्र खडा गर्न सकेका छैनन् ।
कांग्रेको तीव्र हस्तक्षेप रहेको सो समूहमा एनआरएनएमा अनुभव समेत नरहेको कृष्ण गिरीजस्तालाई उपमहासचिव बनाउन दबाब आएपछि टीम भित्रै भाँडभैलो मच्चिएको बताइएको छ । त्यसमाथि कांग्रेसको समूह भनिएपनि उनको समूहमा सबै समेटिएका छैनन् । धेरै कांग्रेस निकटका उम्मेदवार डेलिगेट्स आरकेतिरै भएकाले उनको पक्षमा माहोल देखिएको छ ।
उसो त आरकेले २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो योजना सार्वजनिक गरिसकेका छन् । एनआरएनएभित्र बेदागी छविका आरकेको टीम उस्तै समावेशी समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की