एनआरएनएमा आरकेको पक्षमा माहोल बढ्दा दवावमा बद्री र महेश

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, ०९ : ०५
एनआरएनएमा आरकेको पक्षमा माहोल बढ्दा दवावमा बद्री र महेश

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मध्यपूर्वबाट प्रतिनिधित्व गर्दै अध्यक्षको मैदानमा खडा भएका वर्तमान उपाध्यक्ष आरके शर्माको पक्षमा माहोल बढ्दै गएको छ ।

२० वर्षे एनआरएनएको इतिहासमा मध्यपूर्वले पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको भन्दै एनआरएनए अभियन्ताहरु उत्साहित छन् । विशेषगरी मध्यपूर्वका मतदाताहरु पार्टी र विचार भन्दा माथि उठेर आरकेको समर्थनमा खुलेर लागेको छ । कांग्रेस निकट भनिएका उम्मेदवारहरु नै उनको पक्षमा खुलेर लागेपछि शर्माको पक्षमा थप माहोल बढेको बताइएको छ । उपाध्यक्षका उम्मेदवार राज रेग्मी, उपमहासचिवका उम्मेदार प्रवीन गुरुङ, सचिवका उम्मदवार मनोज गोर्खालीलगायत कांग्रेसका कट्टर समर्थकहरु मानिन्छन् ।

उनीहरु नै आरकेको टीममा खुलेपछि माहोल त बनेको छ त्यसमाथि आरकेले आफूले विश्वभरका एनआरएनएलाई एकजुट बनाएर लैजाने सशक्त एजेण्डा अघि सारेपछि युरोप र अमेरिका क्षेत्रमा पनि माहोल ह्वात्तै बढेको छ । 
एनआरएनएमा मुख्यतः तीन उम्मेदवारबीच कडा प्रतिस्र्धा हुने ठानिएको छ । जसमा आरकेसहित बद्री केसी र महेश एनआरएनएमा मुख्यतः तीन उम्मेदवारबीच कडा प्रतिस्र्धा हुने ठानिएको छ । जसमा आरकेसहित बद्री केसी र महेश श्रेष्ठ मुख्य उम्मेदवार रहेका छन् । 

कम्युनिस्ट पृष्ठभूमिका आरकेलाई कांग्रेससहित एमालेकै केही अभियन्ताले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् । एमाले निकट उम्मेदवार बद्री केसीको टीममा असन्तुष्ट रहेका तथा बद्री सत्तालिप्सातर्फ उन्मुख भएको भन्दै केही प्रभावशाली अभियन्ताहरुले भित्रभित्रै आरकेलाई सहयोग गरिरहेको बताइएको छ । जसका कारण बद्री टीममै कमजोर भएको बताइन्छ।  भोट कम आउने भएपछि यतिबेला बद्री समूह रणनीति तयारीमा जुटेको बताइएको छ ।

रणनीतिक तयारीमा भोटरलाई भेट्नेदेखि आफ्नो पक्षमा माहोल बनाउन साम, दाम, दण्ड, भेदको नीतिसम्म भएपनि उनलाई प्रतिनिधिहरुले नै विश्वास नगरेर निरन्तर आरकेलाई समर्थन गरिरहेको बताइएको छ । 

यता कांग्रेसमा पनि गगन थापा समूहको आर्शिवादमा उम्मेदवार बनेका वर्तमान उपाध्यक्ष महेश श्रेष्ठको प्रभावकारी चुनावी रणनीति देखिँदैन । उनले टीममा समेत सशक्त पात्र खडा गर्न सकेका छैनन् ।

कांग्रेको तीव्र हस्तक्षेप रहेको सो समूहमा एनआरएनएमा अनुभव समेत नरहेको कृष्ण गिरीजस्तालाई उपमहासचिव बनाउन दबाब आएपछि टीम भित्रै भाँडभैलो मच्चिएको बताइएको छ । त्यसमाथि कांग्रेसको समूह भनिएपनि उनको समूहमा सबै समेटिएका छैनन् । धेरै कांग्रेस निकटका उम्मेदवार डेलिगेट्स आरकेतिरै भएकाले उनको पक्षमा माहोल देखिएको छ । 

उसो त आरकेले २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो योजना सार्वजनिक गरिसकेका छन् । एनआरएनएभित्र बेदागी छविका आरकेको टीम उस्तै समावेशी समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस