बीमा बोर्डले भन्यो- ‘नवीकरण गर्दा लाग्ने थप शुल्क तिर्नु पर्दैन’

सफल खबर संवाददाता

शुक्रबार, ३१ असोज २०८२, १३ : २५
बीमा बोर्डले भन्यो- ‘नवीकरण गर्दा लाग्ने थप शुल्क तिर्नु पर्दैन’

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ।

बोर्डले बिहीबार निर्णय गर्दै अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको छ।

यसअघि बोर्डले ११ भदौमा जारी गरेको सूचनामा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले असोज मसान्तसम्म बीमालेख नवीकरण नगरेमा थप शुल्क लाग्ने उल्लेख गरेको थियो ।

जसअनुसार म्याद कटेको तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र ३० प्रतिशत, एक वर्षभित्र ५० प्रतिशत, एक वर्षपछि शत प्रतिशत, दुई वर्षपछि तीन गुणा र तीन वर्षपछि चार गुणा थप शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस