पर्सामा १२ लाखको अवैध पटाका नष्ट

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०८२, १९ : ०३
पर्सामा १२ लाखको अवैध पटाका नष्ट

काठमाडौँ । पर्साका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा बरामद भएका अवैध सामानहरू प्रहरीले नष्ट गरेको छ।

शनिबार स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा करिब १२ लाख रुपैयाँ बराबरका अवैध पदार्थहरू नष्ट गरिएको हो।

यी सामानहरू पर्सा क्षेत्रका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले फरक–फरक समयमा चेकजाँच गर्दा बरामद गरेको प्रहरीले जनाएको छ । पटाकासँगै लागू औषध, मदिरा तथा अन्य निषेधित सामग्री रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस