विश्वकप लिग-२: युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०८२, २० : ५५
विश्वकप लिग-२: युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

युएई र अमेरिकासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्। टोलीमा नियमित खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी समावेश छन्।

साथै, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले पनि टोलीमा स्थान पाएका छन्। अनिल शाह पनि टोलीमा फर्किएका छन्। यस सिरिजमा नेपालसँगै युएई र अमेरिका सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस