काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।
दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिस डाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको राजनीतिक समस्या समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताए ।
संयोजक दाहालले भने, “हामी यति बेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गते तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०८२, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड
रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा
रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वाकसँगै घरदैलो अभियान
प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता
‘उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेछ’ : ‘प्रचण्ड’
प्रचण्ड उम्मेदवारी दर्ताका लागि आजै रुकुमपूर्व जाँदै