काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने भनिएको १२औं महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको छ।
संघका उपाध्यक्ष डा. हेमराज शर्माले ५६ देशबाट ४ हजार ६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत आफ्नो नाम दर्ता गराएको बताए। दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइने उनको भनाइ छ ।
संघको विधानअनुसार महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान र पूर्व सदस्यहरू प्रतिनिधि बन्न पाउने व्यवस्था छ। प्रमाणीकरणपछि करिब ३ हजार ४०० प्रतिनिधिलाई मात्र मतदानमा सहभागी गराइने जनाइएको छ।
डा. शर्माका अनुसार प्राप्त आवेदनमध्ये आइसिसी र एनसीसीमा विगतमा एक कार्यकाल काम गरेका व्यक्तिहरूको पहिचान गरी आइसिसीले नामावली एनसीसीलाई पठाउनेछ र एनसीसीले सो सूचीलाई अन्तिम रूप दिनेछ।
संघको १२औं महाधिवेशन आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौंमा हुने विश्व सम्मेलन तथा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने गरी तय गरिएको छ। यसअघि संघले अधिवक्ता डा. राजेन्द्र घिमिरे प्रमुख आयुक्त रहने गरी चिरन्जीवी ढकाल, टिबी कार्की, प्रीतम श्रेष्ठ, रजनी प्रधान, होमनाथ पाण्डे र प्रकाश सापकोटा आयुक्त रहेको निर्वाचन समिति गठन गरिसकेको छ।
अनलाइन मार्फत हुने निर्वाचनमा कानुनी सल्लाहकारको भूमिकामा अधिवक्ता मुकुन्द नेउपाने रहनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?