धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा भएको विवादसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिएका छन् ।
उक्त घटनामा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाप्रति चासो व्यक्त गर्दै उनले सुरक्षा निकायलाई सत्य तथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन् ।
आज अस्पताल पुगेर घाइते भएका अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी प्रमुखलाई सम्पर्क गरी घटनाको विवरण लिनुका साथै सत्य तथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ कार्तिक २०८२, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त