धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा भएको विवादसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिएका छन् ।
उक्त घटनामा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाप्रति चासो व्यक्त गर्दै उनले सुरक्षा निकायलाई सत्य तथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन् ।
आज अस्पताल पुगेर घाइते भएका अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरी प्रमुखलाई सम्पर्क गरी घटनाको विवरण लिनुका साथै सत्य तथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ कार्तिक २०८२, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की