काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय बनेको छ । संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले सिंहदरबार बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु गर्दै ‘संकटको घडीमा मातृभूमिप्रति सहारा’ बन्ने सन्देश दिएको छ ।
गत भदौ २३–२४ को आन्दोलनमा पूर्ण रूपमा जलेर ध्वस्त भएको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि झन्डै १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त सम्पूर्ण खर्च एनआरएनएले व्यहोर्ने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले गरेका छन् । पुनर्निर्माणको कार्यलाई डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’को नेतृत्वमा सुरु गरिएको हो ।
पुनर्निर्माणको क्रममा मंगलबार नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, डिआइजी ओम राना, ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीलगायत उच्च प्रहरी अधिकारीसँग एनआरएनए टोलीले वस्तुस्थिति अवलोकन गरेको थियो । ‘सडक सुरक्षा जनजीवनलाई लयमा फर्काउने पहिलो शर्त हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले एनआरएनएले यसलाई प्राथमिकतामा राखेको छ ।’
प्रहरी प्रमुख एसपी नवराज अधिकारीले गैरआवासीय नेपालीहरूको सहयोगले काम तीव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । हाल कन्ट्रोल रुमको सेवा अस्थायी टेन्टबाट सञ्चालन भइरहेको छ । नयाँ संरचना बनेपछि मुलुकभरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी र वैज्ञानिक हुने अपेक्षा गरिएको छ ।
उक्त अवसरमा उपाध्यक्ष तथा सहसंयोजक रश्मि थापाले ‘दसैँको टिका अगाडि संरचनाको मुख्य काम सक्ने गरी मजदुर संख्या बढाइएको’ जानकारी दिइन् । अध्यक्ष श्रेष्ठले कम्प्युटर, टिभी, रेडियो सेट, फर्निचरलगायत आवश्यक उपकरण उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।
यसैगरी अध्यक्ष श्रेष्ठले मंगलबार रानीपोखरीस्थित प्रहरी उपत्यका कार्यालयका एआइजी दानबहादुर कार्कीसँग छुट्टै भेट गर्दै आवश्यक सहयोगबारे छलफल गरेका थिए । सो अवसरमा पूर्वअध्यक्ष विनोद कुँवर, सल्लाहकार उमेश पुडासैनी, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, महिला संयोजक रश्मि थापा लगायत एनआरएनए अभियन्ताहरूको सहभागिता थियो ।
यसैबीच, एनआरएन अभियन्ता राजेन्द्रकुमार (आरके) शर्माले ‘सरकारले प्रवासमा रहेका नेपालीहरूसँग अझै संस्थागत सहकार्य गर्नुपर्ने’मा जोड दिएका छन् ।
यता अर्का समूहका अध्यक्ष डा. बद्री केसी नेतृत्वको समूह भने हालै प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर आन्दोलनबाट भएको क्षति पुनःनिर्माणमा सहयोग गर्ने आश्वासन दिनमात्रै सीमित भएको छ । उनीहरूको गतिविधि मुख्यतः राजनीतिक शक्ति केन्द्रमा पुग्नेमा सीमित भएको भन्दै आलोचना भइरहेको छ । उसो त केही दिनअघि केसी नेतृत्वको एनआरएनए अभियन्ता जलेको भग्नावशेषमा फोटो खिचाउन संसद भवन अघिसमेत पुगेको थियो ।
श्रेष्ठ नेतृत्वको एनआरएनएको सक्रियता देखिँदै गर्दा संकटको घडीमा प्रवासी नेपालीहरूको हातेमालो मुलुकलाई आवश्यक शक्ति बन्न सक्ने आशा गरिएक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?