काठमाडौँ । नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहान वाकाथन गरेकै स्थान नक्साल नारायण चौरमा बुधबार साँझ दीपावली तथा संविधान साँझ आयोजना गरेको छ ।
साँझ सात बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुका साथै जङ्गी निशानको गीत घन्काएका थिए । ‘रातो र चन्द्र सूर्य’ गीतमा एमाले पङ्क्तिले संविधान साँझ मनाए ।
सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने सङ्कल्प जनस्तरबाटै गर्नुपरेको बताए ।
ओलीले भने, ‘लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ, यस बगैँचालाई राष्ट्रिय एकता र उज्याले नेपालको प्रतीकको रूपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ व्यापक र भव्य ढङ्गले जनताको घर घरमा मनाउनेछौँ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी