परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार

सफल खबर संवाददाता

बुधबार, २७ जेठ २०८३, १८ : ०५
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणलाई स्वीकार गर्न नसकिने जनाएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्रीको भनाइबारे आएको सरकारी जवाफले उठेका प्रश्नहरूको समुचित सम्बोधन गर्न नसकेको टिप्पणी गरे।

उनले परराष्ट्रमन्त्रीमार्फत प्रस्तुत गरिएको स्पष्टीकरणले राष्ट्रिय स्वाभिमान र सम्मानसँग जोडिएका चासोलाई सम्बोधन गर्न नसकेको दाबी गर्दै उक्त धारणा पार्टीको तर्फबाट अस्वीकार्य रहेको बताए।

सांसद हमालले आफ्नो दलले विरोधको अडान भने यथावत् राखे पनि त्यसको शैलीमा परिवर्तन गरिएको उल्लेख गरे। उनका अनुसार जिम्मेवार प्रतिपक्षको भूमिकालाई ध्यानमा राख्दै पार्टीले सदनमा लचकतासहित आफ्नो उपस्थिति जनाएको छ।

प्रतिक्रिया दिनुहोस