काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी राखेको संसद अवरोध खोल्ने संकेत गरेको छ ।
आज संसद बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले बोलेकै कुरामा संसद लामो समय अल्मलिन नहुने बताए ।
उनले संसदको रोष्ट्रममा उभिएर बोल्दै संसद प्रधानमन्त्रीलाई नचाहिएको भए पनि प्रतिपक्षीलाई चाहिएको टिप्पणी गरे ।
आङदेबेले भने, ‘प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लाग्न थालेको छ । त्यसैले म अब उहाँलाई खोज्न चाहन्न । मेरो मुलुकका प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छन् । प्रधानमन्त्रीले बोलेकै कुरामा अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ जेठ २०८३, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान