ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, ०९ : ४४
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ  दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरी छन् । दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँका धनिराम चौधरी घाइते भएका हुन् । उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस