नेकपा (माओवादी केन्द्र) को तीन महिने पार्टी रुपान्तरण अभियान : थप यी कुरामा ध्यान दिन जनताको अपिल

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, ०८ : ५१
नेकपा (माओवादी केन्द्र) को तीन महिने पार्टी रुपान्तरण अभियान :  थप यी कुरामा ध्यान दिन जनताको अपिल

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने पार्टी रुपान्तरण अभियानले पार्टीलाई जीवन्त बनाउने सकरात्मक संकेत देखिएको जनताहरुले बताएका छन ।

वडा केन्द्रित नागरिक सङ्ग प्रत्यक्ष रुपमा जोडिने कार्यक्रम भएकोले यसले पार्टीको बास्तविक उचाई धरातल समस्या चुनौती अवसरहरुको पहिचान गरी अघि बढ्न सहयोग पुगेको छ ।

केन्द्रिय तहका नेताहरुलाई बसोवास/कार्यक्षेत्र रहेको बेग्लै स्थानमा खटाइएकोले जिम्वेवारी लिएर आउने नेताहरुले नागरिकबाट सत्य तथ्य बुझ्न नेताका कमिकमजोरी बुझ्न सहज भएको छ । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन देहाय बमोजिमका कुराहरुमा ध्यान दिन नागरिकहरुले आग्रह गरेका छन् ।

१•नेपालको सामान्य इतिहास, भूगोल, जनसङख्या, राजनैतिक अर्थब्यबस्थाबारे सूचना ज्ञानमूलक कार्यक्रम बिद्यालय तथा विश्वबिद्यालयमा सञ्चालन गर्ने।

२•बिगतका जन सस्कार,जन अदालत, जनसस्कृति, जनवादी बिबाह, जनवादी शिक्षा, बिज्ञान प्रबिधि, सांस्कृतिक रुपान्तरण आदिका सवल पक्षबारे नागरिक सङ्ग छलफल गर्ने।

३•गठन गरिएका पार्टी तथा जनवर्गीय संगठनहरुलाई सवल अधिकार सम्पन्न बनाउन निर्णय प्रकृया, लोकतान्त्रिक अभ्यास, बैठक सञ्चालन छलफल र अभिलेखिकरण सम्बन्धि तालिम गोष्ठी सञ्चालन गर्ने।

४•पार्टीमा आवद्ध स्नातक स्नातकोत्तर वा सो भन्दा माथि शिक्षा हासिल गरेकाहरूलाई कम्तिमा एउटा काममा जिम्मेवारी दिने।

५•वडाहरुमा पार्टीका संस्थागत कार्यकर्ता नेता (हाल पार्टीमा नरहे पनि)लाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्ने।

६•स्थानीय सरकार रहेको वडामा पार्टीको आयोजनामा सार्बजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने।

७•प्रशासनिक हस्तक्षेप गरी नागरिकलाई सहयोगको आभास दिलाउन वडा कार्यालयमा स्थानीय सरकारको अनुमति लिई हेल्प डेस्क सञ्चालन गर्ने।

८•ग्रामिण इलाकामा रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाको अनुमनका लागि स्वास्थ्य बिज्ञहरुको टोली बनाई कम्तिमा पन्ध्र दिनमा एकपटक स्थानीय नेताहरुलाई समेत सहभागी गरी अनुगमन गर्ने।

९•स्थानीय सरकारले गरेका बिकास निर्माणका अनुकरणीय कार्यहरुलाई नागरिक सामु स्थापित गर्दै पूँजीकृत गर्ने।

१०•कम्यूनिष्ट आन्दोलन समाजबादी यात्रा जनजिविकाका राष्ट्रिय स्वाधिनता सम्बन्थी समावेशी अन्तरकृया चलाउने।

११•मठ मन्दिर गुम्वा मस्जिदहरुमा योग ध्यान सकरात्मक सोच ब्यक्तित्व बिकास सम्बन्धी शिविर/कार्यक्रम सञ्चालन गर्ने।

१२•स्थानिय सरकार बिद्यालय क्याम्पस सामुदायिक वन खानेपानी अस्पतालमा प्रतिनिधित्व गरेका नेता कार्यकर्ताहरुको प्रतिनिधित्वको प्रभावकारिताबारे सामाजिक अडिट गर्ने।

१३•पुराना स्थापित कम्यूनिष्ट नेताहरु सङ्ग भेटघाट गरी सुझाव सल्लाह लिने।

१४•दुग्ध पशुपालन मत्स्य पालन तरकारी खेती टोल सुधार सङ्ग सम्बन्धी स्थानिय समाजबाद केन्द्रित सामूहिक सहअस्तित्वमा प्रभाव उपस्थिति अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने।

१५•बैङक बित्तिय सस्था बिमा घरेलु उद्योग उन्नत वाली पशुपालन सम्बन्धी उद्दमशीलता कार्यक्रम सञ्चालन गर्ने।

१६•स्थानिय सरकार सार्बजनिक संघसस्था रोजगार आदिका लागि सिफारिस गर्ने पूर्ण अधिकार स्थानीय पार्टीलाई दिने वातावरण मिलाउने।

१७•प्रकाशन अनुसन्धान अभिलेखिकरणको महत्व उजागर गर्ने।

१८•स्थानीय साधन स्रोतको अधिकतम प्रयोगबारेका सम्भावना पहिचान गर्ने।

१९•एक ब्यक्ति एक पद एक कार्यकाल राजनिति समाजसेवाको रुपमा कार्यकर्तामा स्पिरिट प्रवाह गर्नै।

२०•सबै खाले अतिवादको बिरोध गर्दै स्थानीय तहमा सहअस्तित्व सहितको समाजवादको अवधारणा अघि सार्ने।

२१•महिला युवाको राजनितिमा कम रुचि रहेको परिवेशमा उद्दमशीलता शसक्तिकरण खेलकूद लगायतका कार्यक्रम मार्फत नयाँ पिढी सङ्ग सम्बन्ध स्थापित गर्ने।

२२•पार्टी भोज चाडपर्ब आदिमा गरिने फजुल खर्च घटाउन कम खर्चमा सांस्कृतिक धार्मिक कार्यक्रम गर्न कार्यकर्तालाई प्रेरित गर्ने।

२३•स्थानिय पर्यावरण बनजङगल पाटी पौवा धार्मिक स्थल सम्रक्षण सम्बन्धी जनचेतनामूलक भेला आयोजना गर्ने।

२४• स्थानीय स्तरका खोज अनुसन्धान कार्यक्रम आदीलाई सम्प्रेषण गर्न एक वडा एक पत्रकारको अवधारणा तयार गरी कार्यन्वायनको दिशामा अघि बढ्ने।

२५• स्थानीय स्तरमा आयोजना गरिने सरसफाई जनचेतना रक्तदान सबै प्रकारका कार्यक्रममा सहभागी बनी नागरिकसँग जोडिने सस्कृतिको थालनी गर्ने।