काठमाडौं। खाेटाङ क्षेत्रका माओवादी सांसद पासाङ राईले पुर्व संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीमाथि कडा आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले “जो भ्रष्ट, उसकै ठूलो कुरा” भन्दै सुदन किराँतीजस्ता नेताहरूले नैतिकता र आदर्शको कुरा गर्न नहुने टिप्पणी गरेका हुन्।
पासाङ राईले फेसबुकमा लेखेका छन्, “जो भ्रष्ट अपराधी नैतिकहीन र सांस्कृतिक पाखण्डीलाई रूपान्तरण चाहिएको छ यार। ठाकठोप गर्न नखोज, आफ्नै जिल्लामा ऐंना चाहिँदैन।”
उनको यस अभिव्यक्तिले पार्टीभित्रको असन्तुष्टि फेरि सतहमा आएको संकेत गरेको छ। मन्त्री किराँती भाेजपुरका हुन भने सांसद राई खाेटाङका हुन ,हाल उनीहरूबीच राजनीतिक असमझदारी देखिएको बताइन्छ।
सांसद राईको टिप्पणीपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले उनीहरूबीचको व्यक्तिगत मनमुटावको परिणाम भनेका छन् भने अरूले यसलाई माओवादीभित्र बढ्दो असन्तुष्टिको प्रतीकका रूपमा व्याख्या गरेका छन्। तर फेरि सुदन किंंराती ले पुर्वकाे पार्टिमा चरम गुटबन्धि गरेकाे धेरै जसाे नेताहरुकाे टिप्पणि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस