काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ । त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक १८ गते बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
आज विहान पेरिसडाडामा बसेको सचिवालयको बैठकले नेकपा एससहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय समेत गरेको छ । सचिवालय बैठक जनार्दन शर्माले भने बहिस्कार गरेका छन् ।
शुक्रवारको बैठकमा पनि आफ्नो फरक राखेर हिँडेका शर्मालाई अध्यक्ष प्रचण्डले सबैको कुरा सुन्न आग्रह गर्दा पनि नमानेको सापकोटाले बताए । शनिवारको बैठक बहिस्कार गरेका शर्माको शैलीलाई पार्टीले अराजक र अनुशासनहीन भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस