काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ । त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक १८ गते बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
आज विहान पेरिसडाडामा बसेको सचिवालयको बैठकले नेकपा एससहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय समेत गरेको छ । सचिवालय बैठक जनार्दन शर्माले भने बहिस्कार गरेका छन् ।
शुक्रवारको बैठकमा पनि आफ्नो फरक राखेर हिँडेका शर्मालाई अध्यक्ष प्रचण्डले सबैको कुरा सुन्न आग्रह गर्दा पनि नमानेको सापकोटाले बताए । शनिवारको बैठक बहिस्कार गरेका शर्माको शैलीलाई पार्टीले अराजक र अनुशासनहीन भनेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था