काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरियाका राजदूत पार्क तइ योङले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकताका सम्बन्धमा छलफल भएको सञ्चार मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
भेटमा सञ्चार मन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ’ : सञ्चार मन्त्री खरेल
सञ्चार मन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
‘निर्वाचनको वातावरण बनिसकेको छ’ : सञ्चार मन्त्री खरेल
कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चार मन्त्री खरेल
सञ्चार मन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट