काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरियाका राजदूत पार्क तइ योङले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकताका सम्बन्धमा छलफल भएको सञ्चार मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
भेटमा सञ्चार मन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपालका लागि डिजिटल रूपान्तरण अनिवार्य’ : सञ्चार मन्त्री खरेल
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चार मन्त्री खरेल
‘सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ’ : सञ्चार मन्त्री खरेल
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’