काठमाडौँ। नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह नियुक्त भएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहलाई दलको नेतामा नियुक्त गरेको पत्र मधेश प्रदेशका सभामुखलाई लेखेका छन् ।
‘उपरोक्त सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउनु हुन अनुरोध छ,’ पत्रमा उल्लेख छ ।
शाहमाथि नैतिक प्रश्न उठेपछि गत जेठको दोस्रो साता उनले दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि ‘प्रचण्ड’ले दलका नेताको जिम्मेवारी उपनेता युवराज भट्टराईलाई दिएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था