काठमाडौँ। नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह नियुक्त भएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहलाई दलको नेतामा नियुक्त गरेको पत्र मधेश प्रदेशका सभामुखलाई लेखेका छन् ।
‘उपरोक्त सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउनु हुन अनुरोध छ,’ पत्रमा उल्लेख छ ।
शाहमाथि नैतिक प्रश्न उठेपछि गत जेठको दोस्रो साता उनले दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि ‘प्रचण्ड’ले दलका नेताको जिम्मेवारी उपनेता युवराज भट्टराईलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन