काठमाडौँ । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एसपी. पवन भट्टराईले बताएका छन् ।
‘उहाँले एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय पाउनुभएकोमा भुक्तान गर्नुभएको रहेनछ, त्यसकै लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने । शेर्पा एमालेनिकट आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन् ।
पासाङकी जेठी श्रीमती करिश्माले जिल्ला अदालत काठमाडौँमा शेर्पाविरुद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतद्वारा दोषी ठहर शेर्पालाई एक वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाइएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी