काठमाडौँ । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एसपी. पवन भट्टराईले बताएका छन् ।
‘उहाँले एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय पाउनुभएकोमा भुक्तान गर्नुभएको रहेनछ, त्यसकै लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने । शेर्पा एमालेनिकट आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन् ।
पासाङकी जेठी श्रीमती करिश्माले जिल्ला अदालत काठमाडौँमा शेर्पाविरुद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतद्वारा दोषी ठहर शेर्पालाई एक वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह