जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, ०८ : ५४
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी सहितका आठ वाम दलले पार्टी औपचारिक एकता गर्ने भएपछि यी दुवै पार्टीका केही नेताहरु भने त्यही एकता प्रक्रिया बाहिर नै छुट्ने भएका छन् । 

एकीकृत समाजवादीभित्र झलनाथ खनाल र घनश्याम भुषाल तथा माओवादीभित्र जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरु एकता प्रक्रियामा सहभागी नुहने भएका छन् ।  यी दुवै पार्टीका एकता प्रक्रियामा सहभागी नहुने नेताहरुले आ आफ्नै पार्टी पूर्नगठन गर्ने बताएका छन् । यधपी, यी दुवै पार्टीका नेताहरुले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको पार्टी नाम र चुनाव चिन्ह्र प्रयोग गर्न पाउँछन् त ? प्रश्न छ ।

दुवै नेताले पार्टी पूर्नगठन गर्ने भन्दै आ आफना अध्यक्षसँग बिदाई भेट गरेका छन् । कुनै कालखण्डमा फेरि भेटिन सकिने तर अहिले सँगै जान नसकिने भन्दै एकीकृत समाजवादीबाट घनश्याम भुषाल र झलनाथ खनाल तथा माओवादीबाट जनार्दन शर्माले प्रचण्डसँग बिदाई भेट गरेका हुन् । 

तर उनीहरु एकता प्रक्रियामा सहभागी हुन नआएपनि पूरानै एकीकृत समाजवादी र माओवादी केन्द्रको पार्टी नाम र चुनाव चिन्ह्र का नाममा राजनीति भने गर्न पाउने छैनन । 

राजनीतिक दलसम्वन्धी ऐन २०७३ को दफा १० (७)मा रहेको ब्यवस्थाका कारण न जनार्दन न घनश्यामले आफना अहिलेको पार्टीको नाम र चुनाव चिन्ह्र प्रयोग गर्न पाउँछन् । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलले पार्टी एकतापछि नेपाली कम्युनिष्ट पार्टी (यसमा आयोगले मान्यता दिन आनाकानी गरे नेकपा (समाजवादी) राख्ने) बनाउने र चुनाव चिन्ह्र तारा राख्ने सहमति गरिसकेका छन् । त्यसको औपचारिक घोषणा भोलि भृकुटीमण्डपमा एक भब्य कार्यक्रम आयोजना गरेर गर्ने तयारी छ । 

त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टी नाम र उनीहरुका चुनाव चिन्ह्र गोलाकारभित्रको हसियाँ हथौडा र कलम चिन्ह्र उनीहरुसँग हुँदैन । यसको मतलव ती नाम र चिन्ह्र घनश्याम, झलनाथ वा जनार्दनले प्रयोग गर्न भने पाउँदैनन । उनीहरुले नयाँ नाम र चिन्ह्र नै प्रयोग गर्नुपर्ने हुन्छ । राजनीतिक दलसम्वन्धी ब्यवस्थामा 

दल एकीकरण भएको वा गाभिनु अगाडी त्यस्ता दलले प्रयोग गरेको, नाम, झण्डा वा चिन्ह्र एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले पनि प्रयोग गर्न पाउने छैनन भन्ने ब्यवस्था छ । 
हेर्नुहोस कानुनी ब्यवस्था 


यस आधारमा पनि जनार्दन र घनश्यामले पूववत् पार्टीको नाम, झण्डा र चुनाव चिन्ह्र प्रयोग गर्न पाउनेछैनन । त्यसो भए उनीहरुले के गर्लान् ? जनार्दन शर्मा निकट एक नेताका अनुसार, उनीहरुले पार्टीको नाम र चुनाव चिन्ह्रका बारेमा गृहकार्य गरेका छन् । माओवादी पार्टी पूर्नगठनमा लागेका उनले यसबारेमा आफु निकट नेताहरुसँग सम्वादमा यस बारेमा बताईसकेका छन् । 

ललितपुरको एक होटलमा बसेर जनार्दन आफुसँग आउन चाहने नेता कार्यकर्तासँग केही दिन यता निरन्तर छलफलमा छन् । उनले प्रचण्ड माधव नेपालले पार्टी एकता गरेको दिन देशभरका आफु सँग जोडिन चाहने नेता कार्यकर्तालाई आफुहरु पार्टी पूर्नगठनको पक्षमा रहेको र एकता प्रक्रियामा सहभागी नभएको वक्तब्य दिन लगाउनेछन् । सामुहिक वा ब्यक्तिगतरुपमा त्यस्तो वक्तब्य दिएपछि उनले नयाँ दल गठनका लागि राष्ट्रिय भेला बोलाउने तयारी गरेका छन् । उक्त भेलापछि उनले पार्टी पूर्नगठन गर्नेछन् । 

निर्वाचन आयोगसम्म उनले त्यसका गृहकार्य गर्न सम्भव नभए आगामी फागुन २१ मा विप्लवहरुको पार्टी र चुनाव चिन्ह्र प्रयोग गरेर चुनावमा जानसक्ने सम्भाबनामा पनि छलफल चलिरहेको स्रोत बताउँछ ।

अहिले विप्लव, घनश्याम र जनार्दनवीच पटक पटक नयाँ धुव्रीकरणको छलफल चलेको स्रोत बताउँछ । खासगरी झलनाथ खनाल र घनश्याम भुषालसहितका नेताहरुले माधव नेपाललाई साथ नदिँदा एकीकृत समाजवादीमा ठूलै विग्रह होला र नयाँ पार्टी नै पुनर्गठन गर्न सकिएला भन्ने भूसालहरूको योजनाले मूर्त रूप लिने जस्तो देखिएको छैन । रामकुमारी झाँक्री लगायतका कतिपय नेताहरु एमालेमै फर्किने, पार्टी नयाँ नबनाउने भन्दै घनश्याम र झलनाथको साथ छोडेपछि उनीहरु विप्लवसहितको नयाँ धुव्रीकरणको छलफलमा भित्री रुपमा जुटेका छन् ।  

यता माओवादीमा पनि जनार्दन शर्माले पार्टीबाटै अलग हुने सवालमा ठूलो समूहले साथ दिएको छैन । पार्टीभित्रै प्रचण्डविरुद्ध संघर्ष गर्ने सवालमा जनार्दनलाई साथ दिएका नेताहरू पनि पार्टीबाट अलग हुने अवस्थामा चाहीँ साथ दिन नसक्ने बताउन थालेका छन् ।

शर्माको गृहजिल्ला रुकुम पश्चिममा पार्टी भूगोलमा बसेरै पार्टी नेतृत्व लिईरहेका गोपाल शर्मा (अनल) र सचिन रोकाले जनार्दशन शर्माले पार्टी विभाजन गर्ने कुरामा साथ नदिने सार्वजनिक धारणा राखिसकेका छन् । अहिलेसम्म शर्मासँग राम कार्की र सुदन किराँती मात्र शीर्ष नेताहरु देखिएका छन् । विगतमा विप्लव छोडेर माओवादी केन्द्रमा आएका ओमप्रकाश पुन लगायतले साथ दिने वचन मात्र पाएका छन् । 

त्यसपछि भने उनीहरु विप्लवसँगको धुव्रीकरणका सवालमा छलफलमा जुट्न थालेको स्रोत बताउँछ । यो खालको छलफलले मूर्तता पाएमा कम्युनिष्ट पार्टी नेपालका नाममा उनीहरुले पार्टी बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस