काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनर्स्थापना हुने दाबी गरेका छन्।
प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले नचिनेको बताएका छन्।
उनले भने, ‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौँ।’
उनले संवैधानिक परीक्षणमा अहिलेको सरकार खरो उत्रिन सम्भव नभएको जिकिर गरे। उनले काँग्रेस बैठकबाट बाहिर निस्केपछि साझा धारणा बनेर मुलुकलाई संवैधानिक बाटोमा फर्काउने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल